हेटौंडा : हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडामा दैनिक ज्यालादारी, मजदुरी गर्ने परिवारका ३ सय ५० पोका खाद्यान्न सहयोग भएको छ ।

४ नम्बर वडाध्यक्ष नविन सिग्देलको समन्वयमा विभिन्न संघस्थाहरुले एकपोकामा १० किलो चामल, एक किलो दाल, आधा लिटर तेल, एक पोका नुन,एउटा साबुन र एउटा लामखुट्टे धुप वितरण भएको हो । उक्त प्रति पोकामा बटाईको २० वटा अण्डा पनि दिइएको र यसको सौजन्य सर्युको नेपाल पोल्ट्री फर्मले गरेको वडाध्यक्ष सिग्देलले बताए ।

म्दन भण्डारी स्पोर्टस एकेडेमी, रोटरी क्लब, रोट्रयाक क्लब, डिलर एशोसिएसन, नारायणी यातायात व्यवसायी संघ, साईराम सेवा समिति, लायन्स क्लब, प्रतिभा नगर टोल विकास संस्था लगायत सहयोग गरेको वडाध्यक्ष सिग्देलले बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।