हेटौंडा,२० चैत,विश्व भर माहामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणलाई रोक्न सरकारले गरेको लकडाउन आज १० औं दिन भएको छ । सरकारले देशभर अत्याश्यक सेवा बाहेकका सबै सेवाहरु बन्द गरेको छ । यसै सन्र्दभमा बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडामा लकडाउन प्रभावकारी बनाउन आज व्यापक प्रहरी परिचालन गरिएको छ ।

हेटौंडामा साँझपख भिडभाड बढेपछी जिल्ला प्रशासन कार्यलय मकवानपुर मातहतको कमाण्ड पोष्टको बैठकले हिजोमात्र खाद्यन्न,दुग्दजन्य तथा तरकारि पसलहरु खेल्ने समय निर्धारण गरेपछि आज प्रहरीले सक्रियता बढाएको हो। बैठकले दुग्दजन्य पसलहलाई बिहान ६ बजे बाट ९ बजे सम्म र तरकारी पसलहरु बिहान १० बजे देखि दिउँसो ३ बजेसम्म संञ्चालन गर्न दिने निर्णय गरेपछि लकडाउनलाई प्रभावकारी बनाउन व्यापक प्रहरी परिचालन गरिएको होे । प्रहरीले आज ३ बजेपछि संचालनमा आएको पसलहरु बन्द गर्दे हिडेको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।