हेटौँडा,नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको आसन्न १७ औं जिल्ला परिषद् अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ । कोरोना भाईरस कोभिड १९ को सन्त्रास विश्वभर फैलदै गएको र नेपाल सरकारले देशलाई पूर्ण रुपमा लकडाउन घोषणा गरेसंगै आज एक प्रेस विज्ञप्ति जारी गरि परिषद स्थगित भएको प्रचार विभाग प्रमुख सुनिल गौतमले जानकारी दिनुभएको हो ।

नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, परिषद् स्थगित भएसंगै पर्नजाने असुविधाप्रति संगठन अत्यन्तै सचेत रहेको छ । विज्ञप्तिमा मकवानपुरका १० वटै आफ्ना स्थानीय कमिटि र पदाधिकारीलाई कोभिड १९ बाट शिक्षक, विद्यार्थी, अभिभावक र नागरिक समाज को सुरक्षा गर्न तथा यथासक्य सहयोग पुर्याउन निर्देशन समेत दिईएको छ ।

कोरोना महामारीका कारण राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको परीक्षा तालिका स्थगित भएपछि आफ्ना शिक्षक तथा विदयार्थी र आम अभिभावकहरुमा पर्नगएको मानसिक एवम् आर्थिक क्षतिप्रति पनि संगठन गम्भीर भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तो अवस्थामा सबै सरोकार पक्ष संयमित भएर लाग्न र सरकारले गरेको लकडाउनलाई पूर्ण रुपमा परिपालना गरि सामाजिक दूरी कायम गर्न दाहालद्वारा हस्ताक्षरित विज्ञप्ति मार्फत अपिल समेत गरिएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।