एजेन्सी , अहिले विश्वको धेरै देशहरु कोरोना महामारी बिरुद्ध लड्नको लागि लकडाउनको अवस्थामा रहेका छन् । यो समयमा विश्वका केहि अनौठो घटनाहरु पनि हुने गरेका छन् ।

विभिन्न देशको सरकारले घरबाहिर निस्किन नदिने, सामाजिक दूरी कायम गर्ने, भीडभाड नगर्ने, सेल्फ क्वारेन्टाइन, होम क्वारेन्टाइन र घरबाट नै अफिसका सम्पुर्ण काम गर्न आग्रह गरेको छ ।

यसैबीच, सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ । यो भिडियोमा एक जना रुखका पातहरुबाट बनेको कपडा लगाएर बाहिर निस्किएका छन् । उक्त भिडियो ती व्यक्तिका छिमेकीले सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि भिडियो भाइरल भइरहेको छ ।
यो भिडियो सामाजिक सञ्जाल टिकटकमा भेटिएको हो ।

from : ratopati


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।