हेटौंडा, २० चैत,बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलेको सचिवालयले हेटौंडाको विभिन्न क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरुलाई पानी वितरण गरेको छ ।

बागमती प्रदेश र २ नम्बर प्रदेशको सिमानामा खटिएका मकवानपुरका प्रहरी, रातोमाटे प्रहरी पोष्ट, ट्राफिक प्रहरी कार्यालय,  हेटौंडाका विभिन्न चोकहरुमा कार्यरत प्रहरीहरुलाई सचिवालयले पानी वितरण गरेको मुख्यमन्त्री पौडेलका स्वकिय सचिव अनुप पौडेलले जानकारी दिए । लकडाउनका सयमा पसलहरु बन्द भएको स्थितीमा सचिवालयले प्रहरीलाई खानेपानी वितरण गरेको हो । लकडाउनको समयमा खानेपानीको समयस्या भएपछि पानी बितरण गरिएको पौडेलले बताए ।

बिहिबार ३०० सय लिटर भन्दा बढि खानेपानी वितरण गरेको सचिवालयले जानकारी दिएको छ । गर्मि मौसम बढ्दै गएको र लकडाउनको समय कायम रहेकोले जनताको सेवामा अहोरात्र खट्ने सुरक्षाकर्मीहरुलाई समस्या नहोस भनेर पानी बितरण गरीएको हो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।