हेटौंडा,बागमती प्रदेश कोरोना भाईरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा गरिमा बिकास बैंक र माछापुच्छ्रे बैंकले सहयोग गरेका छन् । बैंकका प्रतिनिधिहरुले बिहिवार मुख्यमन्त्री डोरमणि पौडेललाई ५–५ लाख रकम सहयोग गरेका हुन् ।
गरिमा बिकास बैंक हेटौंडा शाखा प्रमुख पुष्कर ढकाल र माछापुच्छ्रे बैंकका का.मु. शाखा प्रमुख एन्जिला श्रेष्ठको टोलिले रकम हस्तान्तरण गरेका हुन । सहयोग रकम बुझ्दै मुख्यमन्त्री पौडेलले कोरोना भाइरस नियन्त्रण गर्न सरकार सक्रिय रहेको बताउनुभयो । उहाँले यसको लागि सर्वसाधारण, उद्योगी, ब्यापारी, बैंक तथा वित्तीय संस्थाहरुको साथ आवश्यक रहेको बताउनुभयो ।
महामारीका रुपमा फैलिएको कोरोना भाईरस संक्रमण नियन्त्रणका लागि प्रदेश सरकार लागिरहेको र यस अभियानमा साथ दिने विभिन्न संघ सस्था, व्यक्ति लगायतलाई धन्यवाद व्यक्त गर्नुभयो ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।