कोरोना भाइरसका कारण जापानी कमेडियन ‘केन शिमुरा’को मृत्यु भएको छ । विश्वव्यापी फैलिएको यस भाइरसको सङ्क्रमणबाट ७० वर्षीय केनको आइतबार मृत्यु भएको जनाइएको छ । उनलाई कोरोनाको सङ्क्रमणपछि निमोनिया भएको थियो ।

मार्च २० मा अस्पताल भर्ना भएका उनको स्वास्थ्य परीक्षण गर्दा निमोनिया र कोरोना पोजेटिभ देखिएको थियो । शिमुरा जापानका चर्चित कमेडियन हुन् । उनलाई जापानका ‘रोबिन विलियम’ का नामले चिनिन्थ्यो । उनी कोरोनाका कारण ज्यान गुमाउने जापानका पहिला कलाकार हुन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।