एजेन्सी,युभेन्टसका स्टार खेलाडी पाउलो डेबालाले आफ्ना सहकर्मी क्रिस्टियानो रोनाल्डोलाई मन नपराउने बताएकाछन् । कोरोना भाइरसबाट संक्रमण भइ अर्जेन्टिनामा रहेका डेबालाले अर्जेन्टिनी फुटबल एसोसियसनसँगको अन्तर्वार्तामा रोनाल्डोको विषयमा यस्तो बताएका हुन् ।

अर्जेन्टिनी स्टार डेबाला हाल कोरोनासँग जुधिरहेका छन् । उनले हालै दिएको एक अन्तर्वार्तामा टिममेट रोनाल्डोलाई अर्जेन्टिनामा मन नपराउने बताए । रोनाल्डोलाई अर्जेन्टिनामा मन नपराउने कुरा आफूले पोर्चुगिज स्टारलाई सुनाएको पनि डेबालाले बताए ।

‘मैले रोनाल्डोलाई भनेको थिएः क्रिस्टियानो अर्जेन्टिनामा तपाईंलाई मन पराउँदैनन् । तपाईंको शरीर, तपाईंको हिँडाइका कारण हामी सबैले तपाईंलाई घृणा गर्छौ । तर, साँचो त यो रहेछ कि तपाईं फरक हुनुहुँदोरहेछ,’ डेबालाले भने ।’ डेबाला लियोनल मेस्सी र रोनाल्डोसँग एकसाथ खेल्ने खेलाडी हुन् । उनले राष्ट्रिय टोलीबाट मेस्सीसँग खेल्छन् भने क्लबबाट रोनाल्डोसँग ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।