‘स्मिथलाई अस्ट्रेलियाको कप्तानी दिन तयार’

एजेन्सी । स्टिभ स्मिथलाई अस्ट्रेलियन क्रिकेट टोलीको कप्तानी दिन तयार रहेको जनाइएको छ । दुईवर्षे प्रतिबन्धबाट फुकुवा भएसँगै स्मिथलाई कप्तानी दिन तयार रहेको अष्ट्रेलियन टेस्ट क्रिकेटका कप्तान टिम पेनले बताएका छन् ।

उनले आफ्नो कप्तानी स्मिथलाई दिन सक्ने बताएका हुन् । स्मिथले कप्तानी सम्हालेमा पेनले आफू स्मिथलाई सहयोग गर्न तयार रहेको बताएका छन् । पेनले भने, “यस विषयमा अहिलेसम्म स्मिथसँग छलफल भएको छैन् । तर, उनले टोलीको कप्तानी सम्हाल्न चाहे म दिन तयार छु । र उनलाई प्रत्येक समय सहयोग गर्नेछु ।”

स्मिथ प्रतिबन्धमा परेपछि अस्ट्रेलियाको टेस्ट क्रिकेटको कप्तानी पेनले सम्हाल्दै आएका थिए । सन् २०१८ मा बल टेम्परिङको आरोपमा स्मिथको दुई वर्ष कप्तानीमाथि प्रतिबन्ध लगाइएको थियो । जुन प्रतिबन्ध यसै साताको आइतबार फुकुवा भएको हो । उनलाई दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्ट खेलमा बल टेम्परिङको आपोर लागेको थियो ।

यस आरोपमा स्मिथ र क्यामरुन बेनक्राफ्टसँगै डेभिड वार्नरलाई पनि उप–कप्तानीबाट निलम्बित गरेको थियो । अहिले अस्ट्रेलियाको टेस्ट टिमको कप्तानी टिम पेनेले सम्हाल्दा सीमित ओभरको क्रिकेटमा आरोन फिन्चले कप्तानी सम्हाल्दै आएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।