साङ्केतिक तस्विर

एजेन्सी,सन् २०१९–२० को स्पेनिस ला लिगा रद्द हुन सक्ने जनाइएको छ । कोरोना भाइरसका कारण स्थगित लिग आगामी २७ जुनसम्म पनि सञ्चालनमा नआए रद्द हुन सक्ने भएको छ ।

ला लिगा क्लबहरूले भने लिग सक्ने नै बताइरहेका छन् । यस्तै स्पेनिस सरकारले पनि लिग सक्न सहमति जनाइसकेको छ । तर, कोरोना भाइरस महामारीका कारण लिग सुचारु नै हुन सकेको छैन ।

लिगमा प्रायः क्लबहरूले २८औं खेल खेलिसकेका छन् । जसअनुसार साविकको विजेता बार्सिलोना २ अंकको अग्रतासहित शीर्ष स्थानमा छ । बार्सिलोना ५८ अंकसहित शीर्ष स्थानमा हुँदा रियल मड्रिड ५६ अंकका साथमा दोस्रो स्थानमा छ । तर, अब आगामी २७ जुनसम्म पनि लिग सुचारु नभए स्पेनको सरकार आफैंले लिग रद्द गर्ने जनाइएको छ ।

ला लिगाका केही टोली भने अप्रिल वा मेको सुरुदेखि नै आफूहरू लिगमा फर्किने जनाइएका छन् । प्रायः टोलीहरू लिग सक्नेमा विश्वस्त देखिएका छन् । आफूहरू बन्द रंगशालामा खेलेर भएपनि लिग अन्त्य गर्ने उनीहरूले जनाएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।