एजेन्सी,कोरोना भाईरसको कारण फ्रेन्च क्लब मार्सेका पूर्व अध्यक्ष पेप डिउफको निधन भएको छ । कोरोनाबाट संक्रमित डिउफको ६८ वर्षको उमेरमा सेनेगलमा निधन भएको हो ।

मार्सेले सामाजिक संजाल ट्वीटरबाट पूर्व अध्यक्ष डिउफको निधन भएको पुष्टि गरेको छ । डिउफ सन् २००५ देखि २००९ सम्म लिग वान क्लब मार्सेका अध्यक्ष रहेका थिए । डिउफको निधनमा फ्रेन्च फुटबल फेडेरेसनले पनि शोक व्यक्त गरेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।