एजेन्सी, कोरोना भाइरसकाे महामारीका कारण विश्व प्रभावित छ । चीनकाे वुहान सहरबाट फैलिएको कोरोनाको प्रकोपले पछिल्लो समय युरोपका देशहरु बढी प्रभावित छन् ।

कोरोना कै कारण विश्वभर खेलकुद गतिविधी ठप्प छ । खेल क्षेत्रमा ठूलो प्रभाव परेपछि इटालियन क्लब युभेन्टसले आफ्ना खेलाडीको पारिश्रमिक कटौंती गर्ने भएको छ ।

युभेन्ट्सका सुपरस्टार क्रिस्टियानो रोनाल्डो राजी भएपछि क्लबका सदस्यहरुको पारिश्रमिक कटौती हुने भएको हो । रोनाल्डोले युभेन्टसबाट लिने पारिश्रमिक मध्ये ३.८ मिलियन युरो कटौती हुने छ । अन्य खेलाडीको चारमहिना बराबरकाे पारिश्रमिक कटौती हुने बताइएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।