photo : web

एजेन्सी,स्पेनिस क्लब रियल मडिडका डिफेन्डर सर्जियो रामोसले क्लब छोड्न सक्ने बताइएको छ ।  कोरोना भाइरसको प्रकोपकै बीचमा स्पेनिस स्टार रामोसले रियल छोड्ने सक्नते मार्काले जनाएको छ । ३३ वर्षीय रामोस र रियलबीचको सम्झौता जुन २०२१ मा सकिँदैछ । खबरका अनुसार रामोससँग रियलले सम्झौता नवीकरण गर्न चाहेको छैन ।

मार्काका अनुसार उनले रियलसँग नयाँ सम्झौता थप्दा रकममा पनि वृद्धि चाहेका छन् । तर, कोरोनाको प्रभावमा परेको रियलले आफ्नो तलब वृद्धि गर्न नचाहेका कारण उनले क्लब छोड्न लागेको बताइएको छ । यद्यपि, कोरोनाको कारण आर्थिक समस्या भएपछि क्लबले आफ्नो तलब कटौती गर्न लागेको विषयमा भने सकारात्मक नै रहेका छन् । यता, रियल पनि आफ्ना कप्तान रामोसको स्थानमा नयाँ खेलाडीको खोजीमा रहेको बताइएको छ ।

डिफेन्डर रामोसको स्थानमा रियलले इटालियन क्लब इन्टर मिलानका स्टार खेलाडी मिलान श्रृनियरलाई ल्याउने इच्छा देखाएको बताइएको छ । खबरका अनुसार रियलले २५ वर्षीय श्रृनियरलाई रामोसको स्थानमा ल्याउनेबारे छलफल गरिरहेको छ । स्लोभाकियन स्टार श्रृनियरको मूल्य इन्टरले ७० मिलियन युरो राखेको छ । इन्टरले श्रृनियरसँग सन् २०२३ सम्मको सम्झौता गरेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।