भीमफेदी,१७, चैत्र ।
सरकारले लकडाउनको अवधीलाई चैत्र २५ गतेसम्म थप गरेपछि हिडेरै काठमाण्डौँबाट भिमफेदीहुँदै फर्कने यात्रुहरुको चाप बढेको छ ।
सोमबार बिहान ८ बजेको समयमा भीमफेदीमा केहि यात्रुहरुको लर्को देखिये । विहनै ३ बजे हिडेका उनीहरु ८ बजेको समयमा भीमफेदी आईसकेका थिए ।

भैसे क्षेत्रमा खबरब्रेककर्मीसँग कुरा गर्दै काठमाण्डौँबाट सिमराको लागि आएका सन्तोष लामाले भने ः हाम्रा बाजेहरुले हिडेर काठमाण्डौँ गएको सुनेको थियौ, अहिले आफै भोग्नु पर्यो । काठमाण्डौँबाट आउने धेरै छोटाबाटोहरु रहेको भन्दै उनले सोचेभन्दा छिटो आईपुगेको बताए । अब हेटौँडाबाट पास बनाएर साथीको वाईमा जाने सोचमा उनी रहेका छन् ।

भीमफेदी हुँदै आएका धेरैजस्तो प्रदेश नंबर २ का बासिन्दाहरु रहेको पाईएको छ । लामो समय काठमाण्डौँमा बसेर ब्यापार ब्यवसायमा सक्रिय उनीहरु लकडाउनले काठमाण्डौँमा बस्न समस्या भएपछि हिडेरै भएपनि घर जान लागेको बताउँछन् । सर्लाहिका रामेश्वर महत्तोले भने ः यहासम्म त आईयो अब मकवानपुरको राईगाउँ हुँदै सर्लाहि जाने योजना छ, त्यो बाटो छोटो छ । कतै पास भएको गाडी भेटियो भने सहयोग माग्ने उनले बताए ।

हिडेर आएको मध्य कोहिकोहि यात्रुहरु रातभर पनि हिडेको बताउछन् । समस्या परेको समयमा सरकारले केहि समयोग गर्छ कि भन्ने आशमा रहेको उनीहरुले बताए । हेटौँडा झरेपछि सबारीको खोजि गरिने उनले बताए ।


सुरेन्द्र राज थीके
सुरेन्द्र राज थीके
surendraraj@khabarbreak.com
भीमफेदी, खबरब्रेक संवाददाता