हेटौँडा,१८, चैत्र ।
नेपाली कांग्रेस हेटौँडा उपमहानगरपालिकाको समन्वयमा हेटौँडा जेसीजले आज हेटौँडामा राहत वितरण गरेको छ । लकडाउनले गर्दा दैनिक ज्याला मजदुरी गरि जिवनयापन चलाउने श्रमिकलाई मार परेको भन्दै कांग्रेसको समन्वयमा जेसीजले हेटौँडा १ मा राहत वितराण गरेको हो । ज्याला गरेर जीवनयापन गर्दै आएका हेटौँडा १ का ४० जना श्रमिक परिवारलाई खाद्यन्न सहयोग गरिएको हो ।

कार्यक्रममा हेटौँडा–१ का वडाअध्यक्ष सविन न्यौपानेको जेसीजका बर्ष २०२० का अध्यक्ष राजदेब बानिया,औषधी व्यवसायी संघ मकवानपुर अध्यक्ष सुधिर दाहाल,जेसिज महासचिव विश्व प्रसाद गौतम लगायत जेसिज पदाधिकारीहरुको उपस्थितिमा ४० घरपरिवारलाई खाद्यन्न वितरण गरिएको हेटौंडा जेसिजका उपाध्यक्ष विकेशलाल श्रेष्ठले बताएका छन्।
यता वडा अध्यक्ष सविन न्यौपानेले पनि सामजिक सञ्जाल फेसबुक मार्फत उक्त विषयको फोटो सहित जानकारी दिएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।