Image may contain: one or more people, people standing, people sitting, beard and outdoor

हेटौँडा,१७, चैत्र ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा आज भएको राहत वितरणमा नेपाली कांग्रेसको समन्वय नरहेको जेसीजले जनाएको छ ।
हेटौँडा जेसीजले राहत वितरणको सन्र्दभमा वडा नंबर १ को वडाअध्यक्षसँग सहकार्य गरेको भएपनि त्यहा कुनै राजनीतिक कारण नभएको हेटौँडा जेसीज वर्ष २०२० का उपाध्यक्ष विकेशलाल श्रेष्ठले बताए ।

उनले जेसीज गैर राजनीतिक सस्था भएको कारण राजनीतिक नघुसाईने समेत बताए । वडा अध्यक्ष ज्यु पनि कांग्रेसबाट निर्वाचित वडाअध्यक्ष भएको कारण यस्तो स्टाटस आएको हुनसक्ने बताउँदै उनले सामजिक अभियानमा सबै पार्टीहरुको सहयोगमा कार्य सञ्चालन हुने भएपनि काम आफ्नै समन्वयमा गरिने बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।