स्पेनकी राजकुमार मारिया टेरेसाको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु भएको छ। ८६ वर्षीया राजकुमारीको शनिबार कारोना संक्रमणबाट मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

उनको निधनपछि स्पेनमा राष्ट्रिय शोकको घोषणा गरिएको छ। स्पेनको बोउरबोन-पर्मा राजकीय परिवारकी पहिलाे सदस्य टेरेजाको कोरोनाका कारण निधन भएको युवराज सिक्टस हेनरीले पुष्टि गरेका छन्। सन् १९३३ जुलाई २८ फ्रान्समा उनको जन्म भएको थियो।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।