साङ्केतिक तस्वीर

हेटौँडा,मकवानपुर जिल्लाको पदमपोखरीमा तीन राउण्ड गोली चलेको छ । गएराती हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीको एक पसलमा ३० जनाभन्दा बढी युवाहरू एक आपसमा झडप गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड हवाईफायर गरेको जनाएको छ ।

सुरुमा सम्झाउन खोजिएको भएपनि युवाहरुको झगडाले उग्र रुप एिपछि गोलि चलाउनु परेको प्रहरीले जनाएको छ । प्रहरिले तीन राउण्ड हवाई फाएर गरेको हो । प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।