एजेन्सी,अर्जेन्टिनाका फुटबल स्टार पाउलो डिबाला कोरोना भाइरस मुक्त भएका छन् । इटालियन क्लब युभेन्टसबाट खेलीरहेका उनले कोरोनालाई जितेका हुन् ।

कोरोना मुक्त भएपछि उनले आफ्नो अनुभव दर्दनाक भएकाे बताएका छन् । ‘ मुस्किल अवस्थामा बसे, हरेक पाँच मिनेटमा सास फुल्थ्यो ।’ उनले भने ‘ शरिरमा पीडा हुन्थ्यो म सहन विवश थिएँ।’

खतरनाक संक्रमण मुक्त भएका उनले आफू पछिल्लाे समय सहज अवस्थामा रहेको बताएका छन् । डिबालाकी गलफ्रेन्ड तथा अर्जेन्टिनी गायिका ओरिआना साबातिनी पनि कोरोना संक्रमित भएकी थिइन्। उनी पनि कोरोना मुक्त भएकी छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।