
१६ चैत,मेडिकल सामान लिन चीनको ग्वान्जाओ गएको नेपाल एयरलाइन्सको वाइडबडी जहाज मेडिकल सामाग्री लिएर आईतबार विहान नेपाल फर्किएको छ।
शनिबार साढे १२ बजे चीन गएको विमान आइतबार बिहान साढे ५ बजे त्रिभुवन विमानस्थलमा ल्यान्ड भएको हो। विमानले १२ दशमलव ६६ टन अत्यावश्यक मेडिकल सामाग्री लगायत अन्य सामाग्री ल्याएको नेपाल उड्ड्यन प्राधिकरणले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस्