
हेटौंडा,१५ चैत,हेटौंडा उपमहानगरपालिका वडा नंबर ४ कर्रामा रहेको श्रमिक माविमा निर्माण गरिएको आईसियु र आईसोलेशन कक्षको लागि स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।
लायन्स कलब्स इन्टरनेशनल, डिष्ट्ररीक्ट ३२५ बी २ नेपाल र रिलायन्स फाईनान्स लिमिटेडको संयुक्त आयोजनामा संक्रमितको उपचारका क्रममा प्रयोग हुने पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पीपीई) ८ थान र स्यानिटाइजर ५० थान सहयोग गरेको हो ।
लायन्स क्लब र रिलायन्स फाईनान्सका पदाधिकारीहरुले हेटौंडा अस्पतालका अध्यक्ष प्रकाश पौडेल र अस्पतालका मेशु डाक्टर प्रवीण श्रेष्ठलाई संयुक्त रूपमा हस्तान्तरण गरेका हुन् ।
बागमती प्रदेश सरकारले कर्राको श्रमिक माविमा कोरोना संक्रमण भएका बिरामीहरुलाई उपचारको लागि २२ शैयाको आइशोलेसन र ८ शैयाको आईसीयु कक्ष बनाएको थियो ।
विश्व माहामारी रुपमा फैलिएको कोरोना भाइरसले हाल सम्म २७ हजार मानिसहरुको ज्यान लिईसकेको छ । यस भाइरसबाट विश्वभरमा ४ लाख मानिस संक्रमित रहेका छन् । नेपालमा भने ४ जना लाई संक्रमण देखा परेकोमा एक जना स्वास्थ भईसकेको छ । बाँकी ३ जनाको उपचार भइरेको छ ।
प्रतिक्रिया दिनुहोस्