हेटौंडा,१५ चैत,बागमती प्रदेश कोरोना भाईरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सिद्धार्थ बैंकले १० लाख रकम सहयोग गरेको छ । बैंकका हेटौंडा शाखा प्रमुख अर्पण सन्जेलले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई सहयोग रकमको चेक शनिबार हस्तान्तरण गर्नुभयो ।
बिश्वव्यापी रुपमा फैलिएको भाईरस नियन्त्रणमा सरकारसङ्ग हातेमालो गर्न कोषमा रकम जम्मा गरिएको बैंकले जनाएको छ । महामारी का रुपमा फैलिएको कोरोना भाईरस सङ्क्रमण नियन्त्रणका लागि सरकार आफ्नो तवरले लागिरहेको भन्दै बैंकले गरेको सहयोग प्रति धन्यवाद दिनुभयो  । सरकारले मात्र चाहेर नहुने भन्दै उहाले विभिन्न  संघ सस्था, व्यक्तिलगायत सबैले सहयोग गर्न जरुरी रहेको बताउनुभयो ।
बैङ्किङ क्षेत्र अत्यावश्यक सेवा क्षेत्र रहेकोले आबश्यक्ता अनुसार सुरक्षा अपनाएर सेवा प्रवाह निरन्तर गर्न पनि अनुरोध गर्नुभयो । सातवटा प्रदेशमा १०-१० लाखका दरले कोषमा रकम जम्मा गर्ने निर्णयअनुसार बागमती प्रदेशमा पनि रकम हस्तान्तरण गरिएको शाखा प्रमुख सन्जेलले जानकारी दिनुभयो ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।