file photo

एजेन्सी,भारतमा कोरोनाभाइरसको संक्रमण तीव्ररुपमा बढी रहेको छ । केन्द्र र राज्य सरकारले लकडाउनलाई लागू गर्न सबै शक्ति लगाइरहेको छ । यसबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले महामारीसँग लड्न पीएम–केयर फन्ड नामक कोष स्थापना गरेका छन् । उनले देशवासीलाई यसमा दान गर्नका लागि अपिल गरेका छन् । मोदीले ट्वीट गर्दै भनेका छन्, ‘यो कोष कोरोनाजस्ता विषम परिस्थितिमा सहयोग चाहिएकाहरुसम्म मद्दत पुर्याउने माध्यम बन्नेछ । यो कोषमा प्रधानमन्त्री यसको अध्यक्ष रहनेछन् भने गृहमन्त्री, रक्षामन्त्री र अर्थमन्त्री यसको सदस्य रहनेछन् ।

मोदीले अपिल गरेको २० मिनेटभित्र अभिनेता अक्षय कुमारले २५ करोड रुपैयाँ भारु दान गरेका छन् । अक्षयले भनेका छन्, ‘यो बेला हाम्रो मानिसको जीवन महत्त्वपूर्ण छ । हामीले हरसम्भव योगदान गर्नुपर्छ । मलाई मेरो वचनबाट २५ करोड रुपैयाँ कोषमा दान गरेकोमा खुसी लागेको छ । आउनुहोस्, जीवन बचाऔँ, ‘ज्यान छ त जहान (विश्व) छ ।’


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।