हेटौँडा,१४, चैत्र ।
विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (केभिड १९) संक्रमणबाट बच्नको लागि सरकारले लागु गरेको लक डाउनको आज चौथो दिनबाट हेटौँडा बजार क्षेत्रमा रहेको प्रमुख तरकारी विक्रि केन्द्रहरु ख्वापगल्ली तरकारी बजार तथा टिसिएनरोड तरकारी बजारमा “फिजिकल डिस्टेन्स” लागु गरिने भएको छ ।

दिनभर लकडाउनमा नागरिकहरु घरमानै बसेपनि साँझपख तरकारी किन्न भिड बढेको भन्दै खबरब्रेक सहित मकवानपुरका विभिन्न सञ्चारमाध्यमले खबर सार्वजनिक गरेपछि उपहानगरपालिका र प्रहरीको सहकार्यमा “फिजिकल डिस्टेन्स” लागु गरिने भएको हो ।
खबरब्रेकसँग कुरा गर्दै हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आफुहरु र जिल्ला प्रहरीबिच कुराकानी भैसकेको र आजैबाट उक्त क्षेत्रमा भिडभाड कम गर्ने र “फिजिकल डिस्टेन्स” कायम हुनेगरिमात्र तरकारी किनबेच हुने बताए ।

कोरोना संक्रमणबाट बच्न सबैभन्दा उपयुक्त मानिएको “फिजिकल डिस्टेन्स” अहिलेको प्रमुख आवश्यक्ता भएको भन्दै उनले आजैबाट यो कार्य सुरु हुने बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।