एजेन्सी,कोरोना भाइरस (कोभिड–१९) सँग मिल्दोजुल्दो भाइरस सालकमा भेटिएको पुष्टि भएको छ। हालै नेचर जर्नलमा प्रकाशित एक शोधका अनुसार सालकको ‘जेनेटिक’ कोरोना भाइरससँग सुहाउँदो रहेको छ।

अनुसन्धानकर्ताका अनुसार भविष्यमा यस किसिमको भाइरस फैलिन नदिने हो भने जंगली जनावरको बिक्रीमा पूरै प्रतिबन्ध लगाउनुपर्ने हुन्छ। यसैगरी अहिलेदेखि नै सावधानी अपनाउनु बुद्धिमता हुने उक्त शोधमा भनिएको छ। ‘यस किसिमका जनावरमा अझ सावधानी अपनाउनुपर्छ’, शोधमा भनिएको छ, ‘बजारमा यस्ता जनावरको बिक्रीमा कडा प्रतिबन्ध हुन जरुरी छ।’

शोधकर्ताका अनुसार चीन तथा दक्षिणपूर्वी एसियाको जंगलमा पाइने सालकमाथि यस क्षेत्रका मुलुकहरूको अझ बढी निगरानी हुन जरुरी छ। यस कसिमको निगरानीले भविष्यमा जनावरबाट मानिसमा सर्ने भाइरस नियन्त्रण गर्न सहयोग हुने शोधकर्ताको विश्वास रहेको छ। सालक एक स्तनधारी जनावर हो। विश्वमै लोपोन्मुख यस जनावरको चोरी शिकारी अधिक हुने गरेको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।