हेटौंडा,१४ चैत,सरकारले जारी गरेको लकडाउनको आज चौथो दिन ।विश्वभर कोरोना भाइरसको महामारी फैलिएपछि सरकारले नेपालमा संक्रमण फैलन नदिन अत्यावश्यक बाहेका सबै सेवाहरु बन्द गरेको छ ।

सरकारले सोमबार साँझ मंगलबाट चैत १८ गते सम्म अत्यावश्यक बाहेक घरबाट निस्कन प्रतिबन्ध लगाएको हो ।काठमाडौँमा सोमबार कोरोना संक्रमणको बिरामी भेटिएपछि सरकारले लकडाउन गर्ने निर्णय गरेको हो। निर्णयको पालना गराउने जिम्मा समितिले प्रमुख जिल्ला अधिकारीलाई दिएको छ।
अत्यावश्यक सेवा र वस्तुबाहेक अन्य आवतजावतमा रोक लगाउन सडकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीहरु खटिएका छन् । सडकमा अत्यावश्यक बाहेक अरु सवारी साधन गुडेका छैनन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।