हेटौँडा,१३, चैत्र ।
सरकारले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट बचाउन मुलुकलाईनै लकडाउन गरेको आज तेश्रो दिन भयो ।
निकै तिब्र गतिमा फैलिरहेको यो माहामारी मानिसबाट मानिसमा सर्ने निकै खतरनाक भाईरस भएकै कारण सरकारले सात दिनको लकडाउन गरेको जनाएको छ । यसको प्रभाव हेटौँडामा नपर्ने कुरै भएन् ।

दिनभर लकडाउनको कारण हेटौँडा लगभग पूर्ण रुपमा बन्द देखिएपनि साँझपख तरकारी तथा खाद्यन्न किन्ने बाहानामा मानिसकै जाम हुने किसिमले भीडभाड बढेपछि लकडाउनको कुनैपनि अर्थ नरहेको पाईएको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ मा ख्वापगल्लीमा रहेको तरकारी बजार तथा हेटौँडा १० मा रहेको तरकारी बजारमा भिडभाड बढेको छ ।

स्थानीय सरकार तथा प्रशासनले जनतालाई खरिदको समय र खरिद गर्दा गर्नुपर्ने सावधानकको विषयमा कुनै सूचना जारी गर्न नसक्दा मानिसहरुमा जोखिम बढेको युवा ब्यवसायी तथा समाजसेवी सुनिल अधिकारी बताउँछन् ।
दिनभरी घरमा बसेपनि साँझ यसरी भिड हुन थालेपछि लकडाउनको कुनै अर्थ नभएको उनको भनाई रहेको छ ।
यता अर्का युवा ब्यवसायी भृगु कार्कीले पनि यस्तो बजार ब्यवस्थाले रोगको संक्रमण बढने संभावना रहेको भन्दै सामजिक सञ्जालमा पोष्ट गरेका छन् ।  पत्रकार रिपेश दाहालले पनि भिडको यस्तो अवस्थाले जोखिम बढेको भन्दै सामजिक सञ्जाल मार्फत आफ्नो भनाई ब्यक्त गरेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।