file photo

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरस नियन्त्रण एवम् रोकथामका लागि सरकारको निर्देशन पालना गर्न अपिल गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता समेत रहेका नेपालले कोरोनाको प्रकोप नियन्त्रणका लागि आत्मसंयम हुन र सचेतना अपाउन सबैमा आज अपिल गरेका हुन् ।

“ कोभिड–१९ को प्रकोप नियन्त्रणका लागि आत्मसंयम हुन र सचेतना अपनाउन सबैमा अपिल गर्दछु”, नेपालले भनेका छन् , “सङ्क्रमणको सम्भावित जोखिमबाट जोगिन केही दिन घरभित्र बस्न र नियन्त्रणका लागि सरकार तथा विश्व स्वास्थ्य सङ्गठनको निर्णय एवं निर्देशनलाई पालना गर्न आह्वान गर्दछु ।”


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।