
हेटौँडा,१३, चैत्र । मकवानपुरको बकैया गाउँपालिकामा कोरोना भाईरसको भ्रमको कारण केहि स्थानीयहरुले घरको आगान खनेर माटो निधारमा लगाउन थालेका छन् । केहि समुहले घरको मुल ढोकाको माटो शरिरमा लगाएमा कोरोना भाईरस सर्दैन भन्ने हल्ला फैलाएपछि केहि स्थानीयले घरको मुल ढोका अगाडीको भागको माटो निधारमा लगाउने लगाएतको क्रियाकलाप गरेका हुन् ।
बकैया गाउँपालिका वडा नंबर ३ लगाएतको क्षेत्रमा उक्त हल्ला फैलिएको हो । यसबारे खबरब्रेकले बकैया गाउँपालिकाको वडा अध्यक्ष दिलबहादुर भोम्जनसँग कुरा गर्दा आफुले यस्तो कुरा थाहा नपाएको बताए । तर सामजिक सञ्जालमा यो विषयको निकै चर्चा भएको छ ।
प्रतिक्रिया दिनुहोस्