हेटौँडा,१३, चैत्र ।
मकवानपुरबाट कोरोना टेष्टको लागि भरतपुर रिफर गरिएको दुईजना बिरामीको रिर्पोट नेगेटिभ आएको छ ।
केहि दिन अघि हेटौँडा अस्पतालमा उपचारको लागि आएका युएई र पटनाबाट आएका दुई हेटौँडाका नागरिकलाई भरतपुर पठाईएको थियो । भरतपुरमा रहेको कोरोना अस्पतालले टेष्टको लागि काठमाण्डौँको पठाएकोमा उनीहरुहको रिर्पोट नेगेटिभ आएको हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले खबरब्रेकलाई बताए ।

उनले मकवानपुरमा विदेशबाट आएका र ज्वरो, रुघाखोकीको संक्रमणमा रहेका १६ जनालाई उनीहरुको घरमानै अस्पतालले निगरानीमा राखेको बताए । घरमा पनि छुट्टै कोठा, शौचालयको ब्यवस्थापन गरेर निगरानीमा राखिएको उनको भनाई रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।