हेटौँडा,१३, चैत्र ।
वागमती प्रदेश सरकारले स्थापना गरेको बागमती प्रदेश कोरोना भाईरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा बागमती प्रदेश नीति तथा योजना आयोगका कार्यबाहक उपाध्यक्ष श्यामकुमार बस्नेतले दुई महिनाको सेवा शुल्क सहयोग गर्ने भएका छन् ।

दुई महिना बापत प्राप्त हुने करिब १ लाख रुपौया कोषमा सहयोग गर्ने उनले बताए । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमणबाट बच्नको लागि प्रदेश सरकारले सुरु गरेको महाअभियानमा आफ्नो पनि साथ रहेको उनले बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।