पाँचथर,कतारबाट नेपाल आएको जहाजमा कोरोना संक्रमित युवतीसँगै रहेका पाँचथरका दुई युवालाई क्वारेन्टाइनमा पठाइएको छ । झापा बस्दै आएका एक जना र पाँचथर नवमीडाँडाका एक युवालाई क्वारेनटाइनमा पठाइएको प्रहरीले जनाएको छ ।

दुवैजनालाई मोरङको टाँडीमा रहेको क्वारेन्टाइनमा राखिनेछ । उनीहरुको परिवारलाई भने घरमै क्वारेन्टाइनमा राखिएको छ । ती युवासंगै आएका झापाका अर्का एक जनालाई भने घरमै क्वारेनटाइनमा बस्न लगाइएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।