हेटौंडा,१३ चैत,सरकारले मंगलबारबाट एक हप्तासम्म घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाएको आज तेस्रो भएको छ । विश्वर माहामारी को रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न सरकारले सोमबार साँझ मंगलबाट चैत १८ गते सम्म अत्यावश्यक बाहेक घरबाट निस्कन प्रतिबन्ध लगाएको हो । देशभर अत्यावश्य बाहेकका सबै सेवाहरु बन्द रहेका छन् ।

 ७७ वटै जिल्लामा लागू हुने उक्त निर्देशनको अवज्ञा गरेमा संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने उपप्रधानमन्त्री एवं समितिका संयोजक ईश्वर पोखरेलले चेतावनी दिएका छन् । संक्रामक रोग ऐन २०२० अनुसार कुनै व्यक्तिले रोग फैलिएको अवस्थामा सरकारले जारी गरेको निर्देशनको अवज्ञा गरेमा एक महिनासम्म कैद वा सय रुपैयाँ जरिवाना हुने उल्लेख छ। ऐनको दफा ३ मा उल्लेख गरिएको छ, ‘यो ऐन वा यस ऐन अन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महिनासम्म कैद वा १००।– सम्म जरिबाना वा दुवै सजाय हुनेछ।’

काठमाडौँमा सोमबार कोरोना संक्रमणको बिरामी भेटिएपछि सरकारले लकडाउन गर्ने निर्णय गरेको हो। निर्णयको पालना गराउने जिम्मा समितिले प्रमुख जिल्ला अधिकारीलाई दिएको छ। पहिलो दिन लकडाउनको अवज्ञा गर्ने हेटौंडाबाट ३७ सवारी लाई जिल्ला प्रहरी कार्यलय मकवानपुरले नियन्त्रणमा लिएको थियो भने दोस्रो दिन बुधबार ३५ जनालाई मकवानपुर प्रहरीले पक्राउ गर्नुको साथै १४४ सवारी साधनलाई नियन्त्रणमा लिएको थियो ।

जसमा मोटरसाईकल -१२६, सानि गाडी-४, अटो मयुरी -११, ट्याक्टर-२ साईकल -१ रहेका छन् । सरकारले जारी गरेको निर्देशनको अवज्ञा गरेको भन्दै प्रहरीले अत्यावश्यक बाहेकका सबै सवारी साधनलाई नियन्त्रणमा लिएको हो ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३ रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।