फाईल तस्विर/जिल्ला प्रहरी कार्यलय मकवानपुर

हेटौँडा,१२, चैत्र ।
विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमण रोक्नको लागि नेपाल सरकारले जारी गरेको लकडाउन आदेशलाई अवज्ञा गरेको भन्दै मकवानपुर प्रहरीले हेटौँडा सहित जिल्लाका विभिन्न भागबाट १ सय २८ वटा मोटरसाईकललाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले ४ वटा कार, भ्यान, सुमो, तथा आधा दर्जनको संख्यमा अटो तथा मयुरी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता सुजन पाठकले खबरब्रेकलाई बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।