एजेन्सी,रुसको सुदूर पूर्वी क्षेत्रमा बुधवार ७.५ म्याग्निच्युडको भूकम्प आएको अमेरिकी भौगर्भिक विभागले जनाएको छ । कुरिल टापुसमूहमा स्थानीय समयअनुसार बुधवार अपराह्नमा भूकम्प आएको हो । भूकम्प ५६.७ किलोमिटरको गहिराइबाट आएको थियो । अहिलेसम्म यसबाट कुनै हताहती वा भौतिक क्षतिको खबर छैन ।

भूकम्पका कारण हवाईमा सुनामीको चेतावनी जारी गरिएको छ ।  साखालिन क्षेत्रको सेभेरो–कुरिल्स्क जिल्लामा पनि सुनामीको चेतावनी जारी गरिएको छ ।  सेभेरो–कुरिल्स्क सानो शहर हो र त्यहाँ जम्मा २५ सय जपत मानिस बस्छन् ।  आत्तिएका स्थानीयहरूले सामाजिक सञ्जालमा भूकम्पको अनुभव शेयर गरे ।  ‘मैले कहिल्यै पनि यस्तो अनुभव गरेकी थिइनँ । हामीहरू तत्कालै घरबाट बाहिर निस्कियौं । एकदम डरलाग्दो थियो,’ एक स्थानीय निवासीले ट्वीट गरिन् ।

स्थानीय सञ्चारमाध्यमले लेखेअनुसार, मानिसहरू घरबाट, शपिङ मलबाट अनि कार्यालयबाट निस्केर भागेका थिए । त्यतिखेर दिउँसोको २ः४२ बजेको थियो । बाहिर निस्कँदा केही मानिस चिच्याएका थिए र सुरक्षित स्थानतर्फ दौडिएका थिए । भूकम्पको लगभग २० मिनेटपछि मात्र मानिसहरू घरमा फर्केको ईए डेलीले लेख्यो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।