हेटौँडा,१२, चैत्र । कोरोनाको आशंकामा मकवानपुरको मनहरी गाउँपालिकाको एकजना युवालाई जाँचको लागि भरतपुरमा रहेको कोरोना अस्पतालमा रिफर गरिएको छ ।

केहीदिन अघि फ्रान्सबाट नेपाल आएकी १९ बर्षकी किशोरीमा कोरोना पुष्टी भएको र उनै किशोरीसंग युवक कतारबाट नेपाल नेपाल आएका थिए । उनी गत ७ गते मनहरी आएका थिए । मनहरी आएपछि ज्वरो देखिएको र ज्वरो नघटेपछि मनहरी प्राथमिक स्वास्थ्य केन्द्रले भरतपुर रिफर गरेको हो . युवकको उमेर २५ वर्ष रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।