हेटौँडा,१२, चैत्र ।
विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसबाट नेपाल पनि जोखिममा रहेको समयमा फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एकजना विद्यार्थीलाई कोरोना भाईरसको पुष्टि भयो ।

उनलाई कोरोना पुष्टिभएसँगै उनी आएको विमानमा भएका अन्य नागरिकहरुलाई समेत प्रहरीले खोज्न सुरु गर्यो । सोहि विमानमा मकवानुरगढी सुकौरा निवासी विष्णु अधिकारी पनि थिईन् । सरकारले उनीहरुसबैको नाम सार्वजनिक गर्दै पसम्पर्कमा आउन अग्रग पनि गरेकेो थियो ।
तर मकवानपुरकी विष्णुले पनि आफु आएको विमानमा कोरोना पोजेटिभ विरामी रहेको थाहम पाएपछि काठमाण्डौमा रहेका केन्द्रीय प्रयोगशाला( एन पि एच एल) टेकुमा परिक्षणको लागि पुगिन र नतिजा राम्रो आयो अर्थात उनीमा नेगेटिभ देखियो ।

यता मकवानपुर प्रहरीले पनि उनलाई सम्पर्क गरेको छ । हाल उनी काठमाण्डौँमा रहेकी छिन् । उनको पारिवारीक श्रोतको अनुसार उनीमा कुनैपनि स्वास्थ्य समस्या छैन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।