भारतको मध्यप्रदेश तत्कालीन पूर्वमुख्यमन्त्री कमलनाथले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागि भएका एक पत्रकारलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यसअघि बेलायतबाट फर्केकी मुख्यमन्त्रीकी छोरोमा समेत कोरोना भाइरसको संक्रमण देखिएको थियो । उनी मार्च १७ मा लण्डनबाट भारत फर्किएकी थिइन् । कमलनाथले सोही पत्रकार सम्मेलनमार्फत मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

उक्त पत्रकार सम्मेलनमा करिब २ सय पत्रकारहरु सहभागी भएका थिए । छोरीलाई कोरोनाको संक्रमण देखिएपछि कमलनाथ पनि सेल्फ क्वारेन्टाइनमा बसेका छन् । भारतमा हालसम्म ५ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १० जनाको मृत्यु भएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।