Image may contain: Santosh Chaulagain

हेटौँडा,१२, चैत्र । जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सन्तोष चौँलागाईले आफ्नो एक महिनाको तलब बराबरको रकम संघिय सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा उपचार विशेष कोषमा जम्मा गरेका छन् ।
सरकार कोरोना बिरुद्धमा लडिरहेको सन्र्दभमा देशभरका युवा समितिका अध्यक्षहरुले उक्त कोषमा रकम जम्मा गरेका हुन् । उनले आफुहरुको पहलमा देशको सबै अध्यक्षहरुसगको छलफलमा निर्णय गरिएको बताए । देशभरका ५९ अध्यक्षहरुले ११ लाख ८० हजार ै रकम उक्त कोषमा जम्मा गरेका छन् ।
युवाहरु पनि सरकारले सुरु गरेको महामारी विरुद्धको अभियानमा सहभागि हुन पाउनु गर्वको विषय रहेको उनले बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।