स्पेन सरकारले सुचना प्राप्त नहुँदासम्मका लागि देशमा सबै फुटबल गतिविधि बन्द भएको छ ।

ला लिगा र स्पेनिस फुटबल महासंघ (आरएफइएफ) ले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै सरकारबाट सुचना प्राप्त नभएसम्म फुटबल पुनः सुरु नहुने जनाएको छ । कोरोना भाइरस कोभिड १९ को विश्वव्यापी संक्रमणले यति बेला खेलकुदलगायत अधिकांश गतिविधि बन्द छन् ।  स्पेन पनि कोरोनाको असर परेको छ । अहिले पनि फुटबल गतिविधि ठप्प छ । तर दुवै संस्थाले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै औपचारिक रुपमै सबै गतिविधि बन्द रहेन प्रष्ट पारेका छन् ।

‘अनुगमन निकायसँगको सहकार्यमा सबै व्यवासयिक फुटबल गतिविधि स्थगित गर्ने सहमति भएको छ । जनताको स्वास्थ्यलाई ध्यानमा राख्दै यो निर्णय लिनु परेको हो । सरकारले अवस्था सामान्य भएको सुचना नदिदा सम्मका लागि गतिविधि रोकिनेछ’, विज्ञप्तीमा भनिएको छ । एजेन्सी


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।