एजेन्सी, ११ चैत,युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिग र दास्रो ठूलो प्रतियोगिता युरोपा लिगको फाइनल अनिश्चितकालका लागि स्थगित भएको छ । युरोपेली फुटबल महासंघ (यूईएफए)ले च्याम्पियन्स लिग र युरोपा फाइनल अनिश्चितकालका लागि स्थगन गरेको हो ।

महाकारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण यूइएफएले च्याम्पियन्स लिग र युरोपा लिगको फाइनल खेल स्थगन गरेको हो । च्याम्पियन्स लिगको फाइनल खेल टर्कीमा खेलाउने निधो गरेको थियो ।

मे महिनामा टर्कीको इस्तानबुलस्थित एटाटुरक ओलम्पिक स्टेडियममा खेलाउने तय भएको थियो । च्याम्पियन्स लिग र युरोपा लिगमा अन्तिम १६ को दोस्रो लेगको खेल सञ्चालन भइरहेका थिए । तर, कोरोनाको कारण प्रतियोगिता स्थगित गरिएको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।