चीनबाट फैलिएको खतरनाक कोरोना भाइरसले विश्वभर महामारीको रूप लिएको छ । नेपालमा अहिलेसम्म संक्रमण नदेखिएपनि सावधानी अपनाउन सरकारले विभिन्न कदम चालेको छ । अहिलेसम्म विश्वमा तीन लाखभन्दा बढीमा संक्रमण भइसकेका छन् भने १४ हजार भन्दा बढीको मृत्यु भइसकेको छ । यसको कुनै उपचार पत्ता नलागेको कारण यो समस्या निकै ठुलो बन्दै गएको छ ।

चीन पछि यस भाइरसले इटाली, इरान, स्पेन, अमेरिका, फ्रान्ससहितका देशमा अवस्था चिन्ताजनक देखिएको छ । यस्तो अवस्थामा सतर्क हुनु र आफ्नो बचाउ गर्नुपर्छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को एडभाइजरीको अनुसार दैनिक जीवनमा मानिसहरुले सानो सानो काम गरे संक्रमणको खतरा कम हुँदै जान्छ । यस्तो अवस्थामा आफु र आफु

नजिककालाई संक्रमणबाट बचाउन के के गर्न सकिन्छ :

नियमितरुपमा हात धुने 

दिनमा धेरै पटक नियमित रुपमा साबुन र पानिले कम्तिमा २० सेकेन्डसम्म हात धुनुपर्छ र किटाणु मार्ने राम्रो साबुन प्रयोग गर्नुपर्छ । यस्तो गर्दा हातमा भएको भाइरसबाट छुटकारा पाउन सकिन्छ ।

उचित दुरी बनाइराख्ने 

आफ्नो वरपरको मानिससंग कम से कम तीन फिटको दुरी बनाइराख्नु पर्छ र विशेषगरी रुघा वा खोकी लागेको मानिसबाट टाढा बस्नुपर्छ ।

संक्रमित कुनै व्यक्तिले खोक्दा वा हाछ्यु गर्दा हावामा भाइरस फैलिन सक्छ त्यसैले नजिक हुँदा सासको मध्यमबाट भाइरस शरीर भित्र जान्छ ।

नाक, मुख र आँखा छुनुहुँदैन

प्राय मानिस आफ्नो नाक, मुख, र आँखा बारम्बार छुने गर्दछन् तर स्वास्थ्यको हिसाबले यस्तो गर्नु राम्रो हुँदैन । हातले थुप्रै सतह छोएको हुन्छ जसमा भाइरस पनि हुन सक्छ । किटाणु भएको भाइरस हातको माध्यमबाट नाक, मुख, र आँखा हुँदै शरीरमा प्रवेश गर्छ ।

हाछ्यु गर्दा टिस्यु प्रयोग गर्नुपर्छ 

आफ्नो वरपरको सरसफाई विशेषरुपमा ध्यान दिनुपर्छ । हाछ्यु गर्दा वा खोक्दा नाक, मुखलाई टिस्युले छोप्नुपर्छ र त्यसलाई तुरुन्त डस्टबिनमा फाल्नुपर्छ । हाछ्यु गर्दा निस्किने तरल पदार्थमा धेरै भाइरस हुन्छ र यी तिब्र रुपमा फैलिन्छ ।

ज्वोरो, रुघा-खोकी लागे हल्का रुपमा नलिने  

यदि ज्वोरो आएको छ, खोकी लागेको छ र सास फेर्न सजिलो भएको छैन भने तुरुन्त डाक्टरको सल्लाह लिनु पर्छ ।

डाक्टरसंग तुरुन्त सम्पर्क गर्दा शुरुवातमा नै भाइरस संक्रमण भएको थाहा हुन सक्छ । सकेसम्म घरमा नै बस्ने कोशिश गर्नुपर्छ ।

मोबाइलको स्क्रीन सफा राख्नुपर्छ 

आफ्नो स्मार्टफोनलाई हप्तामा एक पटक डिसइन्फेटिङ्ग वाइप्सले सफा गर्नुपर्छ । यस वाइप्सले फोनको माथि भागमा रहेको किटाणु खतम गर्छ ।

हातमा २४ घण्टा रहने स्मार्टफोनको स्क्रीन भाइरसको ठुलो अड्डा हो । स्क्रीनमा मेथिसिलिन रेसिस्टेन्ट स्टेफाय्लोकोक्स औरीयास (एमआरएसए) नामको जीवाणु हुन्छ ।

बाथरूम सफा राख्नुपर्छ 

बाथरूमको सरसफाईमा शावरलाई पनि सफा राख्नुपर्छ । यसलाई डेटोलपानिले राम्रो संग धुनुपर्छ र बाथरुममा प्लास्टिकको पर्दा प्रयोग गर्नुहुँदैन ।

शावरमा मेथालबेक्टर समेत कयौं कीटाणु हुन्छन् । थुप्रै अनुसन्धानको अनुसार भाइरस बाथरुम र शावरको पर्दामा धेरै हुने गर्दछन् ।

हवाई यात्रामा बिचार गर्नुपर्छ 

विमानका चालक सदस्यको हातबाट खानेकुराको सामान लिनुभन्दा अगाडी आफ्नो हात राम्रोसंग धुनुपर्छ । हवाईयात्रामा चालक सदस्यबाट भाइरस सर्ने ठुलो सम्भावना हुन्छ ।

मास्क लगाउनुपर्छ 

रुघा वा खोकी लागेको छ भने मास्क लगाउनुपर्छ । घरबाट बाहिर निस्किने समयमा मास्क लगाउनुपर्छ । आफुबाट अरुलाईपनि भाइरस सर्न सक्छ त्यसैले विशेष सतर्क रहनुपर्छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।