सांकेतिक तस्बिर

हेटौंडा,१० चैत – हेटौंडामा आइतबार राति भएको मोटरसाईकल दुर्घटनामा एक युवकको ज्यान गएको छ । आइतबार राति सवा एघार बजेको समयमा पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ४ शिवबुबा पेट्रोल पम्प आगाडि भएको मोटरसाइकल दुर्घटना हाडिखोला २ का ३१ वर्षीय भिम अर्यालको मुत्यु भएको हो ।

हेटौंडा ९ पशुपतिनगरबाट बुद्ध चोक तर्फ आउदै गरेको ना २७ प ८४२९ नम्बरको मोटरसाइकल हेटौंडा ४ शिबबुबा पम्प आगाडि रोकिराखेको ना २ ख ९३३६ नम्बरको ट्रकसंग ठोक्किदा अर्यालको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुर जानकारी दिएको छ । अर्यालको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

तिव्र गतिमा आएको मोटरसाइकल अनियन्त्रित भई ट्रकसँग ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।