एजेन्सी,स्कटल्याण्डका क्रिकेटर मजिद हकलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ । ३७ वर्षीय हकले शुक्रबार नै सामाजिक सञ्जाल ट्वीटरमा आफूलाई कोरोनाको संक्रमण भएको जानकारी दिएका हुन् ।

स्कटिस स्पीनर हकले कोरोनाको परीक्षण गराउँदा पोजिटिभ देखिएको र उपचार भइरहेको जनाएका छन् । उनले आफू हाल रोयल एलेक्जेन्द्र हस्पिटलमा उपचाररत रहेको र स्वास्थ्यस्थितिमा सुधार आइरहेको पनि बताएका छन् ।

यससँगै हक कोरोना संक्रमित पहिलो क्रिकेट खेलाडी बनेका छन् । यसअघि कुनै पनि क्रिकेट खेलाडीलाई कोरोना संक्रमण भएको थिएन । हक २००६ मा बंगलादेशविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा डेब्यू गरेका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।