चैत १० – जापानमा हुने तय भएको ओलम्पिक खेलकुद सर्ने निश्चितप्रायः भएको छ । जापानी प्रधानमन्त्री सन्जो ओबेले ओलम्पिकको मिति सार्नुपर्ने अपरिहार्य भइसकेको बताइसकेका छन् ।

यसैगरी, सँसारभरका कतिपय देशहरुले ओलम्पिकको मिति सार्न दबाब दिइरहेका छन् । जुलाईमा तय भएको ओलम्पिक खेलकुद यो वर्ष हुनेमा शंका यसअघि नै भएको थियो ।

कोरोना भाइरसको महामारी विश्वभर फैलिइरहँदाको संकटलाई मध्यनजर गरी जापानमाथि ओलम्पिकको मिति सार्न दबाब दिइएको हो । क्यानडाले जुलाईमा ओलम्पिक भए आफ्नो देश सहभागी नहुने घोषणा गरिसकेको छ ।

न्युजिल्यान्डले खुलापत्र लेख्दै मिति सार्न भनेको थियो । अहिले कोरोना भाइरसको संक्रमण जापानमा पनि छ ।

ओलम्पिकमा धेरै पदक जित्दै आएको अमेरिका, चीन, युरोपेली देश, क्यानडालगायतमा संक्रमणले भयावह रुप लिइसकेको छ । ती देशहरुले ओलम्पिक सार्न आग्रह गर्दै आएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।