एजेन्सी, ९ चैत । ब्राजिलियन लिजेन्ड रोनाल्डिन्होले आफ्नो ४०औं जन्मदिन पाराग्वेको जेलमा मनाएका छन् । २१ मार्च अर्थात् शनिबार राति उनले पाराग्वेको ठूलो जेल ‘बीबीक्यू’मा जन्मदिन मनाएका हुन् । नक्कली पासपोर्ट लिएर ब्राजिलबाट पाराग्वेका गएका रोनाल्डो र उनका दाजु रोबर्टो हाल जेलमा छन् ।

उनीहरू दुवैलाई पाराग्वेको अदालतले ६ महिनाको जेल सजाय सुनाएको छ । अब उनले जेलमा ६ महिना बस्नुपर्ने भएको छ । यस्तैमा शनिबार उनले आफ्नो ४०औं जन्मदिन मनाएका हुन् ।

सन् २००२ का विश्वकप विजेता रोनाल्डिन्होलाई लिजेन्ड फुटबलरहरूले शुभकामना दिएका थिए । सहकर्मी तथा ब्राजिलियन रोनाल्डो नाजारियोले उनीसँगको फोटो इन्स्टाग्राममा पोस्ट गर्दै शुभकामना दिएका थिए । यस्तै कार्लोस, सामुअल इटो, पेलेलगायतले उनलाई जन्मदिनको शुभकामना दिएका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।