हेटौँडा,८, चैत्र ।
विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमणको आशंकामा हेटौँडाबाट दुई जनालाई रिफर गरिएको छ । उच्च जरोको कारण हेटौँडा अस्पतालमा उपचारको लागि आएका भारत पटनाका एकजना र एकहप्ता अघि युएईबाट नेपाल आएका एक ब्यक्तिलाई कोरोना संक्रमणको आशंकामा काठमाण्डौँ तथा भरतपुर रिफर गरिएको अस्पताल विकास समितिले जनाएको हो ।

गत मार्च १४ मा भारतको पटनाबाट नेपाल आएका एक जनालाई तथा एक हप्ता अगाडी युएईबाट हेटौँडा आएका बिरामीको ज्वरो ठिन नभएपछि उनीहरुलाई टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा तथा भरतपुर पठाईएको हेटौंडा अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेलले बताए ।  तर उनीहरुको रिर्पोटबारे अझै जानकारी आएको छैन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।