एसी मिलानका लिजेण्ड खेलाडी पाओलो माल्दिनी र उनका छोरामा कोरोना पोजेटिभ देखिएको छ । हिले एसी मिलानका टेक्निकल निर्देशक रहेका माल्दिनी र उनका १८ बर्षिय छोरा डानियललाई कोरोना टेस्टमा पोजेटिभ देखिएको हो । उनीहरु पछिल्लो दुई साता देखि क्वारेन्टाइनमा रहेका थिए ।

एसी मिलानले एक विज्ञप्ति जारी गर्दै मल्दिनी र उनका छोरा डानियलमा कोरोना टेस्ट पोजेटिभ देखिएको जानकारी दिएको छ । डेनियल मिलानको अन्डर १९ टिमबाट खेलिरहेका छन् भने यस सिजनको शुरुवातमा मिलानको पहिलो टिमबाट समेत डेभ्यु गरिसकेका छन् । उनीहरुले दुई साता सेल्फ क्वारेन्टाइनमा बिताइसकेको र अझै पनि पूर्ण ठिक नहुन्जेल क्वारेन्टाइनमै रहेर स्वास्थ्य प्रोटोकल फलो गरिरहेको मिलानले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।