हेटौँडा,८, चैत्र ।
मकवानपुरको थाहा नगरपालिका स्थित चित्लाङ स्थायी घर भएका हरिहर लामिछानेले काठमाडौंको कलंकीमा भएको घरको चार वटा कोठामा बस्ने चार परिवारलाई तीन महिनाको कोठा भाडा नलिने घोषँणा गरेका छन् ।

कोरोना भाइरस (कोभिड १९) को सन्त्रासले विश्वलाई नै आतंकित बनाएको बनाएको समयमा आफ्नो घरको कोठामा बसेर काठमाण्डौँमा विभिन्न ब्यवसाय गर्ने तथा अध्ययन गर्ने चार परिवारलाई घरभाडा नलिने घोषँणा गरेका हुन् ।  कोरोनाको कारण विद्यालय बन्द तथा भएको तथा दुखद परिस्थितीको समयमा उनले यस्तो घोषँणा गरेका हुन् ।

देश संकटमा परेका बेला कोठा भाडामा बस्नेहरुलाई भाडामात्र छुट दिंदा पनि केही राहत होस् भनेर यस्तो घोषँणा गरेको उनले बताए ।
उनले दुखको बेलामा आफ्नो तर्फबाट गर्दा हुने सहयोग सबै नेपालीले गर्नुपर्ने धारणा समेत ब्यक्त गरेका छन् । उनको यो घोषँणलाई सामजिक सञ्जालमा निकै प्रशंसा गरिएको छ । उनलको घोषँणालाई सयौँ फेसबुक प्रयोगकर्ताले समेत सेयर गरेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।