
हेटौँडा,८, चैत्र । बागमती प्रदेशका सामजिक विकास मन्त्री युवराज दुलालले कोरोना भाईरस विरुद्ध लड्न प्रदेश सरकार सक्षम रहेको बताएका छन् । खबरब्रेकसँग कुरा गर्दै मन्त्री दुलाले कोरोना भाईरसलाई फैलन नदिनको लागि प्रदेश सरकारले तयारी तिब्र पारेको बताए ।
प्रदेश सरकारले आफ्नो क्षेत्रमा पर्ने सबै १३ जिल्लामा कोरोना बिरुद्ध लडने रणनीति तयार पारिसकेको, कोरोना फैलन नदिनको लागि सचेतनाका कार्यक्रमहरु सञ्चालन गरेको उनको भनाई छ ।
सरकारले कोरोना फैलिहाले पनि उपचार तथा क्वारेन्टाइनको समेत ब्यवस्थापन गरिसकेको उनले बताए । कोरोनाको विषयमा सामजिक सञ्जालबाट विभिन्न भ्रमहरु समेत फैलिएको भन्दै उनले यस्ता क्रियाकलाप नगर्न समेत अपिल गरेका छन् । कोरोना माहामारी विश्वश्यापी फैलिनु दुखद भएको भन्दै उनले नागरिकहरु सचेत भए कोरोनाबाट जोगिन सकिने समेत बताए ।
बागमती प्रदेश सरकारले विभिन्न समिति, उपसमिति बनाएर कोरोना विरुद्धको अभियाननै सञ्चालन गरेको भन्दै कोरोनाबाट डरमान्नु जरुरी नभएको समेत दाबी गरे । उनलृ कोरोनाबाट बच्न नागरिकनै सबैभन्दा धेरै सचेत हुनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्